July 1st, 2020

दक्षिण अफ्रिकामा १ लाख उद्योग-व्यबसाय बन्द, २० लाखले गुमाए रोजगारी

बैंकिङ खबर । कोरोना महामारीका कारण सन्सारभर विभिन्न देशहरुले अर्थतन्त्रमा ठुलै समस्या खेप्नुपरेको छ । यसै क्रममा दक्षिण अफ्रिकाले करिव १ लाख उद्योग व्यबसाय गुमाएको  समाचार एजेन्सीहरुले जनाएका छन् । जसअनुसार दक्षिण अफ्रिकामा रहेका करिव १ लाख उद्योग व्यउबसाय बन्द भएपछि करिव २० लाखले रोजगार गुमाएका छन् ।  एजेन्सीका अनुसार दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू धराशायी भएको जनाएका छन् । दक्षिण अफ्रिकाका केही ठुला उद्योग पनि सदाका लागि बन्द हुने अबस्थामा छन् । अफ्रिकी मुलुकमा थप १० लाख रोजगार गुम्ने खतरा रहेको छ । सरकारद्वारा उपलब्ध गराइएको कर छुट तथा राहत रकमले हजारौँ व्यवसायलाई बचाउँन सम्भव नभएको जनाइएको छ । व्यवसाय क्षेत्रमा यति गम्भीर नकारात्मक प्रभाव देखिएको छ कि करिब ९२ प्रतिशत कम्पनी तथा फर्महरूले यही अवस्थामा अब सुधार गर्न सम्भव हुने छैन । दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । त्यसैले व्यवसायलाई दीर्घकालीन हिसाबले छाटकाँट गरी अघि बढ्नुको कुनै विकल्प नरहेको अर्थशास्त्रीहरूको धारणा रहेको छ । विभागले गरेको एक अध्ययन प्रतिवेदनमा करिब ७१ प्रतिशत व्यवसायीसँग व्यवसायलाई पुनः सञ्चालन गर्ने थोरै पनि नगद नभएको देखिएको छ ।

एजेन्सीको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]