१४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी काठमाडौं प्रवेश गर्न दिइने

बैंकिङ खबर । १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता गर्नेलाई काठमाडौं आउन दिइने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्थानीय तहबाट सिफरिस लिएर १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय सरकारको सिफारीस लिएर आउनुपर्ने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने छ ।