Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आजबाट सेयरबजार खुल्दै

२०७७ असार १५ गते

बैंकिङ खबर । लामो समयदेखि बन्द रहेको सेयर बजार आज सोमबार असार १५ गतेबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबारको बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । यस विषयमा नेपाल धितोपत्र बोर्डले सोमबारबाट बजार खुला गर्न नेप्सेलाई निर्देशन समेत दिइसकेको छ । यसअघि लकडाउनको अवधिमा वैशाख ३० र ३१ गते २ दिन बजार खुल्ला गरिएको थियो । उक्त २ दिन नै नेप्सेमा नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । त्यसपछि लगातार नै बन्द रहेको सेयर बजार खोल्न दवाब बढेपछि बोर्डले खोल्ने निर्णय गरेको हो ।

Ad