स्विस बैंकमा अमेरीका र बेलायतको निक्षेप बढ्यो, भारतको घट्यो

बैंकिङ खबर ।  गत वर्ष (२०१९) मा स्विस बैंकमा भारतीय मानिस र भारतीय कम्पनीको निक्षेपमा गिरावट आएको थियो । निक्षेपमा आएको गिरावट स्विजरल्याण्डको केन्द्रीय बैंकले जारी गरेको वार्षिक रिपोर्टबाट खुलासा भएको हो । यस रिपोर्टका अनुसार २०१९ मा त्यहाँका बैंकहरूमा भारतियका कुल ६६२५ करोड (८९९ मिलियन स्विस फ्रेन्क) जम्मा थियो । यो २०१८ को तुलनामा ६ प्रतिशत कम हो । स्विस बैंकमा भारतीयहरुको निक्षेप घटेको यो लगातार दोस्रो वर्ष हो ।

लगातार दोस्रो वर्षको गिरावटको कारण, स्विजरल्याण्डका बैंक खातामा जम्मा कुल पूँजी तिन दशकको तेस्रो न्यूनतम स्तरमा आएको छ । स्विस बैंकहरूले १९८७ देखि डाटा शुरू गरेका थिए । स्विस नेशनल बैंक रिपोर्ट अनुसार २०१९ को अन्त्यसम्ममा कूल ८९९.४६ मिलियन रकम स्विस बैंकको कुल दायित्वको रूपमा रहेको छ । यो SNB लाई बैंकहरूले रिपोर्ट गरेका आधिकारिक तथ्याङ्कमा आधारीत छ । यसले स्विट्जरल्याण्डमा भारतीयहरूद्वारा राखिएको कथित कालो धनलाई संकेत गर्दैन । यस तथ्याङ्कमा भारतीय, एनआरआई वा अरूले तेस्रो देशका नामका स्विस बैंकमा राख्न सक्ने पैसालाई समेत समावेश गर्दैन । तथ्याङ्कका अनुसार भारत मात्र नभई, गत वर्ष स्विस बैंकहरुमा पाकिस्तान र बंगलादेशका नागरिक र कम्पनीहरूको पनि जम्मा राशि घटेको छ । यता, अमेरिका र बेलायतका व्यक्तिहरूको भने स्विस बैंकमा निक्षेप बढेको छ ।

स्विस बैंकमा रहेका पाकिस्तानीहरूको सम्पत्ति करिब ४५ प्रतिशतले घटेर ४१ करोड स्विस फ्रेन्क (करिब ३,००० करोड) पुगेको छ । यस्तै, बंगलादेशीहरुको निक्षेप २ प्रतिशत घटेर ६०.५ करोड स्विस फ्रेन्क (लगभग ४,५०० करोड रुपैयाँ) मा पुगेको छ । एसएनबीका अनुसार स्विजरल्याण्डमा २०१९ को अन्त्यमा जम्मा २४६ बैंकहरू थिए ।