June 28th, 2020

सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मिति २०७७ साल आषाढ १३ गते, शनिबार कम्पनीको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्नुभयो । उहाँले सो आ.व. २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे उल्लेख गर्नुभयो । सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]