June 26th, 2020

थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

बैंकिङ खबर । नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । संक्रमित मध्ये हालसम्म २ हजार ६ सय ९८ जना निको भएका छन्, भने २७ जनाको मृत्यु भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]