नेपालमा कोरोना संक्रमितको संख्या ११ हजारमाथि, मृत्यु हुनेको संख्या २६

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संख्या बढेको हो । नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा र पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका अर्का पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा २६ पुगेको छ ।