June 22nd, 2020

SCT र गुहेश्वरी मर्चेण्ट बीच डिजिटल भुक्तानी सेवा सम्झौता

बैंकिङ खबर । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड SCT र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेड GMBF बीच ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा SCT का तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र GMBF का तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]