बैंकिङ खबर । बैँक म्यानेजरलाई कोरोना लागेपछि राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखा ११ दिनदेखि बन्द छ । राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखाका बैक म्यानेजरमा गत जेठ २५ गते कोरोना पुष्टी भएको थियो । बैँक अनिश्तिकालका लागि बन्द गरिएको बाणिज्य बैँक प्रदेश कार्यालय नेपालगंजले सूचना जारी गरी जनाएको थियो । बैक बन्द हुँदा सर्वसाधारण अन्योलमा छन् । कपीलबस्तुको सदरमुकाम तौलिहवामा रहेको सरकारी कार्यालयहरुको काम पनि हुन सकेको छैन । बिभिन्न संघ संस्था, कृषक तथा अन्य कसैले पनि रकमान्तरण गर्न पाएका छैनन् । म्यानेजरलाई कोरोना लागेकै कारण बेंक बन्द गर्न नहुने स्थानीयहरुको भनाई छ ।