June 17th, 2020

नेपालमा कोरोना जितेर १ हजार १ सय ६७ जना घर फर्किए

बैंकिङ खबर । नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । कोरोना संक्रमण बढेसँगै निको भएर घर फर्कनेको संख्या पनि बढ्दो नै छ । आज मात्र थप ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमण मुक्त भएका हुन् । यसैगरी आज नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ यो सँगै देशभर कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ, भने संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । असार १ गते मृत्यु भएकी बाँकेकी महिलाको कोरोना पुष्टि भए सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]