बैंकिङ खबर । आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाखको बजेट ल्याएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले पेश गरेको बजेटमा चालू तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ १६ करोडको बजेट छुट्याइएको छ ।