June 15th, 2020

थप ४ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

बैंकिङ खबर । नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । संक्रमित मध्ये हालसम्म १ हजार ४१ जना निको भएका छन्, भने १९ जनाको मृत्यु भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]