बैंकिङ खबर । देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । गत जेठ २८ मा बसेको नेपाल सरकार मन्त्री मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार लकडाउनलाई केही खुकुलो बनाउदै असार १ गते देखि देशभरका सरकारी कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सवारी साधनको प्रयोग तथा उपलब्धताका आधारमा कार्यालय आगमनको दुरी समेतलाई विश्लेषण गरी कार्यालय प्रमुखले कार्यलयबाट प्रवाह हुने सेवा दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।
यस्तै, अन्य पालना गर्नुपर्ने शर्तहरु यस्ता छन् ।

