June 14th, 2020

भोलिदेखि लकडाउनअघिकै अवस्थामा बैंक तथा वित्तीय संस्था सञ्‍चालनमा आउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले असार १ गते सोमबारबाट साबिककै कार्यलय समयमा बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्‍चालनमा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
यस्तै बैंक सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्न पनि निर्देशन दिइएको छ ।
त्यसैगरी सेवाग्राहीहरुको भिडभाड नहुने तथा दुरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्ने छ भने बैंकिङ सेवा प्रवाहमा जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्युनिकरण गर्न आवश्यक सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, केन्द्रीय बैंकले बिधुतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न समेत निर्देशन दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]