Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाकिस्तानी आर्थिक सर्वेक्षण : ६८ बर्षमा पहिलो पटक जीडीपी घट्यो

२०७७ जेष्ठ ३१ गते

६८ बर्षमा पहिलो पटक पाकिस्तानको जीडीपी घटेको छ । २०१९-२० मा जीडीपी वृद्धि (-) ०.३८ प्रतिशत रह्यो । सरकारको आर्थिक सल्लाहकार अब्दुल हफीज शेखले आर्थिक सर्वेक्षण २०१९-२० मा यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार पाकिस्तानमा आर्थिक स्थिति पहिले नै एकदम कमजोर थियो, महामारीले परिस्थितिलाई अझ नराम्रो बनाएको छ ।

आर्थिक सर्वेक्षण २०१९-२० को अनुसार जीडीपी ०.३८ प्रतिशतले घटेको थियो । मार्चमा आंशिक लकडाउनले लगभग सबै क्षेत्रहरु चकनाचूर भयो । यद्यपि कृषि क्षेत्रको वृद्धि २.८ प्रतिशतले भएको छ । औद्योगिक र सेवा क्षेत्रमा नकारात्मक वृद्धि भएको कारण जीडीपीको आकारमा गिरावट आएको हो ।

Ad