Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चार्टर हवाई भाडा पुनरावलोकन गर्ने सरकारी निर्णय, प्रतिस्पर्धी मूल्यमा भाडादर कायम हुने

२०७७ जेष्ठ ३१ गते

 सरकारले विदेश अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्न तोेकेको चार्टर हवाइ भाडामा पुनरावलोकन गर्ने भएको छ । उद्दारमा प्रयोग हुने चार्टर फ्लाइटको भाडा सामान्य समयको भन्दा मह्गो भएको आलोचन भएपछि सरकारले सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्रदान गर्न व्यवस्था मिलाउने निर्णय गरेको हो । शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले चार्टर फ्लाइटको टिकट दरबारे यसअघिको  निर्णयमा पुनरावलोकन गर्न निर्णय गरेको हो  । 

कोभिडका कारण स्वदेश र्फकनै पर्ने बाध्यतामा परेका नेपालीलाई तोकेको भाडा महँगो भएकाले यसमा पुनरावलोकन गर्दै प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेले बताएका छन् । 

अब सरकारले तोकेको  भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरे पछि मात्रै प्रतिस्पर्धी भाडा दर तोकिने छ । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ  लािग परेको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश नफर्काए संघ आफैले हवाईजहाज भाडामा लिएर भए पनि नेपालीको उद्दारको लागि तयार रहेको बताइएको छ ।

यसअघि पनि विभिन्न फोरमा गैर आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले उनीहरूको  उद्दार नगरे संघले गर्ने बताउँदै आएका छन् । सरकारले बुधबार खाडीमुलुकसँगै अमेरिका, युरोपसहित २८ देशको हवाइ भाडा तोकेको छ । 

सरकारले हवाई भाडामा न्यूनतम १९ हजार ८ सय देखि १ लाख ६२ हजारसम्म रहेको छ । हवाइ भाडा तोकिएको देशहरूमध्य सबैभन्दा कम भाडा बंगलादेशको रहेको छ भने सबैभन्दा बढी भाडा बेलायको रहेको छ । बेलायतको हवाइ भाडा १ लाख ६२ हजार तोकिएको छ भने बंगलादेशको हवाइ भाडा १९ हजार ८ सय तोकिएको हो ।

विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर गरेर विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । त्यसमा पनि पहिलो प्राथमिकतामा भने करिब १२ हजार परेको  परराष्ट्र सचिव शंकर वैरागीले जनाकारी दिए । 

‘विदेशबाट स्वदेश फर्कन चाहनेको लिष्ट लामो भएपनि १२ हजारलाई भने तत्काल उद्दार गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘हामी विस्तारै अन्यलाई पनि स्वदेश फर्काउने तयारीमा छौं ।’

सरकारले मलेसिया र खाडी मुलुकबाट मात्रै पहिलो चरणमा १७ हजार ७ सय ७४  नेपालीलाई ल्याउने सूची तय गरेको छ । परराष्ट्र मन्त्रालयले सीसीएमसीलाई पहिलो चरणमा साउदीबाट ३ हजार ३ सय १२, युएईबाट ४ सय १० बहराइनबाट ३ सय ७२ कतारबाट ३ हजार ६ हजार ६ सय ८ मलेसियाबाट ६ हजार ४ सय २५ , ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१ जना नेपालीको स्वदेश फिर्तीको सूची पठाएको छ ।
 

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।
Ad