June 12th, 2020

शनिबार र सार्वजनिक बिदामा पनि बैङ्क खोल्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शनिबार तथा सार्वजनिक बिदामा समेत पनि बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ । बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार र सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको जनाएको हो । करदाताहरूलाई कर प्रायोजनका लागि सहज व्यवस्था गर्न सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरका साथै नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]