June 12th, 2020

राष्ट्र बैंकले कोरोना डिजिटल सर्वेक्षण सुरु गर्‍यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले पारेको असरका बारेमा डिजिटल सर्वेक्षण सुरु गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड–१९) संकटबाट अर्थतन्त्रमा परेको असर अध्ययन गर्न उद्योग, व्यवसाय लगायत अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्रतिक्रिया बुझ्ने क्रममा अनलाइन सर्वेक्षण गरेको हो । केन्द्रीय बैंकले सर्वेक्षणको फारम राष्ट्र बैंकको वेवसाइटमा राखेको छ । बैंकले वेबसाइटमा रहेको लिंकमा रहेको सर्वेक्षण फाराम भर्न अनुरोध समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]