बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ । साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त हुनुभएको हो ।
नेपाल राष्ट्र बैंक
बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्ष र संचालक नियुक्त
२०७७ जेष्ठ ३० गते
