June 11th, 2020

सहकारीको व्याजदर तत्काल घटबढ नहुने, यथावत रहने

बैंकिङ खबर । कोरोना र लकडाउनका कारण बैंकिङ क्षेत्रमा निक्षेप र कर्जाको व्याजदर उतारचढाव भएपनि सहकारी क्षेत्रको व्याजदर घटबढ नहुने भएको छ । सहकारी क्षेत्रमा व्याजदर के होला भन्ने जिज्ञासा चौतर्फी उठीरहेका बेला सरकारले यो कुरा प्रष्ट्याएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीको व्याजदर तत्काल परिबर्तन नहुने बताएकी छन् । उनले सहकारीको व्याजदर नियन्त्रणभित्र रहेको पनि उल्लेख गरेकी छन् । व्यवस्थापिका संसदमा मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा जवाफ दिनेक्रममा मन्त्री अर्यालले सहकारीको व्याजदरलाई नियमन गर्नका लागि सहकारी ऐनमा ६ प्रतिशत स्प्रेडदर तोकिएको बताइउन् । सहकारी ऐन २०७४ मा सहकारी संस्थाहरुले निक्षेप र कर्जा ब्याजदर बीचको स्प्रेडदर ६ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरिएको उनले जानकारी गराइन् । कर्जातर्फ सहकारी संस्थाहरुले बढीमा १६ प्रतिशतसम्म व्याजदर लिन पाउने व्यबस्था भएको र सो भन्दा बढी लिनेलाई कार्बाही भएको पनि उल्लेख गरीन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]