सरकारले यस वर्ष एसईई परीक्षा नगर्ने भएको छ । आज बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस वर्ष नियमित परीक्षा नगरी विद्यालयको आन्तरिक मूल्यांकलनको आधारमा बिध्यार्थीको ग्रेड निर्धारण हुने जनाएको छ । यस वर्षको एसईई परीक्षा गत चैत ६ गतेको लागि तोकिएको थियो ।