Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पसल खोल्न दिने र निजी सवारी साधनलाई जोर बिजोर गर्ने मन्‍त्रिपरिषद्को निर्णय

२०७७ जेष्ठ २८ गते

सरकारले पसल खोल्न दिने र निजी सवारी साधनलाई जोर बिजोर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरेको हो । नयाँ मोडालिटी अनुसार कोरोना भाइरसको रोकथामका लागि निश्चित नियम पालना गरी सवारी सञ्चालन गर्न अनुमति दिइने भएको छ । यो प्रणाली काठमाडौं उपत्यका साथै कोरोना भाइरसको संक्रमण कम भएका स्थानमा लागु हुने जनाइएको छ । सार्वजनिक सवारी साधन भने तत्काल चल्न पाउने छैनन् । लकडाउनले व्यापक असर पारेपछि लकडाउन खुकुलो बनाउन दबाब बढ्दै आएको थियो ।

Ad