दाबी भुक्तानीमा क्रियाशिल सिद्धार्थ इन्स्योरेन्स

बैंकिङ खबर । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक ,आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पु-याई रहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स बीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ । यस विषम परिस्थितिमा समेत वीमित आकांक्षा अनुरुपको बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले तोकेको मापडण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरु द्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि वीमा दाबीे फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथसम्पन्न गरिदावी रकम भुक्तानी गर्दै आएको छ ।
यसै सन्दर्भमा कम्पनीले वीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई रु.३,६७,५०,०००/–तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को रु.१,५९,००,०००/– बराबरको दाबीहरु फर्छयौट गरि दाबी रकमको चेक हस्तान्तरण गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले रु. १३,११,५९,२९५/– दाबी भुक्तानी गरेको छ । आ.व. २०७५/२०७६ मा कूल रु.१,१६,१३,९८,१८७/– दाबी भुक्तानी गरेको थियो भने आ.व. २०७६/२०७७ हाल सम्मको अवधिमा रु.७९,०२,०८,६३९/– दाबी भुक्तानी गरेको छ ।
बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दाबी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको जनाएको छ ।