आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रिकार सम्मेलनमा दिइएको जानकारी अनुसार आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् ।