Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमा आज शुक्रबारदेखि पुनः सुचारु

२०७७ जेष्ठ २३ गते

बैंकिङ खबर । कोरोनाको जोखिम न्युनिकरण तथा सुरक्षण गर्न ल्याइएको कोरोना बीमा कार्यक्रम पुनः आजबाटै सुचारु हुने भएको छ । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बीमा समितिले सहमति जनाएको थियो तर यस बीमाको जोखिमको दायित्व सरकार, बीमा समिति, नेपाल पुर्नबीमा कम्पनी र बीमा कम्पनीहरुले समन्वयन गरी सबैले व्यहोर्ने सहमति भएपछि पुनः सुचारु हुने भएको हो । अब जारी हुने बीमालेखको समयावधी २०७७ चैतसम्म हुने गरी सुचारु हुन लागेको हो ।