June 3rd, 2020

अब अर्थव्यवस्थाको पुनर्निर्माणमा केन्द्रित : अमेरिका

अमेरिकी अर्थमन्त्री स्टीवन म्नुचिनले कोरोना भाइरस महामारीको कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको बताएका छन् । तर तेस्रो वा चौथो त्रैमासिकमा अर्थतन्त्रलाई सुधार गर्न सकिने र २०२१ उत्कृष्ट हुने उनको अपेक्षा रहेको छ । पछिल्लो महिनाहरुमा, अमेरिकामा कोरोना भाइरस महामारीको कारण ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दो छ । यस कारणले अमेरिकी अर्थतन्त्र अवरोधमा आएको छ । म्नुचिनले भने “अमेरिकी कारोबारमा कुनै गल्ती छैन । यसमा अमेरिकी कामदारहरुको कुनै दोष छैन । यो भाइरसको कारणले हो । यही कारणले गर्दा राष्ट्रपति र म यसबाट मुक्त हुन अमेरिकी श्रमीकहरुलाई सहयोग र्पुयाउन सबैभन्दा ठूलो आर्थिक कार्यक्रम लागू गर्न कटिबद्ध थियौं ।”

गत दुई महिनामा ३.३ करोडभन्दा बढी अमेरिकीहरूले आफ्नो जागिर गुमाएका छन् । त्यहाँ सम्पूर्ण यात्रा र पर्यटन उद्योग ध्वस्त भएको छ । उत्पादन तथा कार्यालयहरू बन्द छन् । हाल अमेरिकामा बेरोजगारी दर सबैभन्दा बढी छ ।
म्नुचिनले अर्थव्यवस्थाको पुनर्निर्माणमा केन्द्रित रहने बताएका छन् । उनले तेस्रो र चौथो त्रैमासिक राम्रो हुने र अर्को वर्ष एक महान वर्ष हुने उल्लेख गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]