June 3rd, 2020

परिस्थिति जस्तोसुकै होस्, उत्साहजनक भएरै काम गरौं

बैंकिङ खबर । धेरै व्यक्तिहरू यस्ता हुन्छन् जो कडा मेहनत गर्छन् तर सफल हुँदैनन् । यस्तो अवस्थामा उनीहरूको दिमागमा एउटा प्रश्न आउछ कि सफल र प्रभावशाली व्यक्तिहरू आखिे के गर्छन् जसबाट सफलताले उनीहरूको कदम चुम्छन् ? कसरी ती व्यक्तिहरू निरन्तर आफैंबाट प्रेरित हुन्छन् ? सफल व्यक्तीहरु के गर्छन् त ।

उनीहरू उत्साही कार्यहरूको साथ सुरू गर्छन्

सफल व्यक्तिहरूले उनीहरूको दिन उत्साहजनक ढंगबाट कार्यहरू सुरू गर्छन् जुन सबै भन्दा रमाइलो आनंदित हुन्छन् । यसले सम्पूर्ण दिनको लागि सकारात्मक मुड सिर्जना हुन्छ र त्यो बिहानैको सफलताले दिनभरि ऊर्जा कायम रहन्छ । ऊर्जा खेर फाल्ने, जसले समय लिन लिन्छ र राम्रो महसुस हुँदैन त्यस्ता कार्यहरू अरुलाई दिन्छन् ।
तिनीहरू सबै कुरा आफैले गर्नु पर्छ भन्नेमा विश्वास गर्दैनन् । यदि तपाईं उच्चतम ऊर्जाको समयमा तपाईंको सबैभन्दा महत्त्वपूर्ण कामहरू गर्ने बानी बसाल्नुहुन्छ भने, तपाईंको काम पूरा हुने प्रतिशत आफै बढ्नेछ ।

सफल व्यक्तिहरूसँग समय बिताउँने
हामी वरपरका मानिसहरूले हाम्रो सोचाइ र काम गर्ने तरिकामा प्रभाव पार्दछन् । दिनभरि हाम्रो साना साना भेटघाटहरूले हाम्रो दिन कुन दिशामा जान्छ भन्ने तय गर्दछ । यदि तपाइँ केहि दिन ठुला प्रेरणादायक र शक्तिशाली व्यक्तिहरू भेट्नु हुन्छ भने तपाइँमा नयाँ उर्जा हुनेछ । यदि तपाईं नकारात्मक मानिसहरूलाई बेवास्ता गर्नुहुन्छ भने तपाईंको सकारात्मक उर्जा तपाईंको साथमा रहनेछ । तपाईंको परिवार, जीवनसाथी र स्टाफको सोच्ने तरिकाले तपाईंको जीवनलाई पनि असर गर्छ । यसैले नकारात्मक व्यक्तिबाट टाढा रहनुस् ।

उनीहरू सफलताको उत्सब मनाउँछन्

जब तपाईंलाई कुनै कार्यको लागि पुरस्कृत गरिन्छ भने तपाईं त्यस्ता कार्यलाई बारम्बार दोर्होयाउनुहुन्छ । त्यस्तै यदि तपाईं आफैले आफूलाई सफलतामा इनाम दिनुहुन्छ र उत्सव मनाउनुहुन्छ भने तपाईंको सफलताको प्रतिशत बढ्नेछ । आफैलाई यस्तो बनाउनुहोस् कि तपाईं साना कुरामा पनि खुसी रहनुहोस् यसले आपुले आफैलाई उर्जा थपीरहन्छ । । तपाईले ठुलो गन्तव्यको लागि प्रतिक्षा गर्दै आफ्नो वर्तमानलाई दोडधुप र हतारमा दुखी नबनाउनुहोस् । आफैमा गर्व गर्नुहोस् । र हरेक दिन सबै भन्दा राम्रो तरिकामा आफ्नो समय खर्च गर्नुहोस् ।

विफलताहरूलाई माफी दिन्छन्

धेरै व्यक्तिले आफूलाई सानो असफलता आउन्दा पनि आफुलाई कम सम्झन्छन् । नयाँ कोशिस गर्नुको सट्टा आफ्नो समय खर्चदै विफल किन भए भन्दै सोच्दछन् । हामी पनि हाम्रो क्षमतामा पनि प्रश्न गर्न पछि पर्दैनौ । हाम्रो दिमागमा प्रश्न आउँछ कि हामी योग्य छौं कि छैनौं । हामी अन्जानमै आफूलाई दण्ड दिन थाल्छौं । याद गर्नुहोस् कि लड्नु नराम्रो होइन, लडेर लडी नै नराम्रो हो । असफल हुनु नराम्रो होइन, तर असफल हुनु निराश हुनु नराम्रो हो । त्यसैले आफ्ना असफलताबाट आफूलाई सहानुभूति देखाउनुहोस् । सोच्नुहोस् कि यदि अर्को व्यक्ति तपाईंसँग कोही असफल भएर सल्लाहको लागि आएको छ भने, तपाईं उसलाई व्यंग्य गर्नुहुन्छ वा उसलाई हौसला दिनुहुन्छ । हो त्यही हौसला आफुमा पनि कायम राख्नुहोस् ।

दृढतापूर्वक हुदैन भन्नुहोस्
प्रत्येक व्यक्तिलाई हुन्छ भन्नु असफल बनाउने लागि सजिलो मन्त्र हो । यदि तपाईंले प्रत्येक लक्ष्यलाई हुन्छ भन्नुहुन्छ भने तपाईंले केही पनि प्राप्त गर्न सक्षम हुनुहुने छैन । यदि तपाइँ प्रत्येक व्यक्तिलाई हुन्छ भन्नुहुन्छ भने तपाइँको दिन कामहरूमा यस्तो कुरामा सकिन्छ जसको तपाइँले कहिले योजना गर्नु भएको थिएन ।
आफैंले सेट गर्नु भएका प्लान बाहेक त्यसको अलावा अन्य कुराहरुलाई इग्नोर गर्न सिक्नुहोस् । यदि तपाईंको दिशा र अरुको दिशा फरक छ भने यदि कसैले तपाईको दिनचर्यालाई कसैले आफ्नो स्वार्थको लागि तपाईको प्लान परिवर्तन गर्न कोशिस गर्छ भने, अहँ भन्नुहोस् । कहिलेकाही तपाईको मनपर्ने कुरालाई पनि नाई भन्न सक्नुपर्छ ।मानौं तपाईंले भोलि बिहान एक महत्वपूर्ण मिटिङ छ र आज राती नै एक भव्य पार्टी हुदैछ भने तपाईंले यहाँ छनौट गर्नुपर्नेछ कि म राम्रो तयारीको साथ बिहानको मिटिङमा जानुहुन्छ वा राती पार्टीको आनन्द लिनु हुन्छ । तपाईंको छनौटहरूले तपाईंको उपलब्धिहरू निर्धारित गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]