June 3rd, 2020

कोरोना भाइरसबाट थप एकको मृत्यू, मृतकको संख्या ९ पुग्यो

कोरोना भाइरस बाट थप एकको मृत्यू भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले पृष्टि गरेको छ । यसैगरी २४ घण्टामा २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो, पुगेको छ । बुधबार थप २ सय १ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]