थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो

२४ घण्टामा २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब कुल संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । बुधबार थप २ सय १ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।