लकडाउन छिचोल्दै व्यबसाय संचालन, सुर्खेतमा सबै पसल खुल्ने

बैंकिङ खबर । सरकारले पटक पटक गरेर जेष्ठ ३२ सम्म लकडाउन घोषणा गरेपछि व्यबसायीहरुले लकडाउनकै बीच व्यबसाय सूचारु गर्न गर्न थालेका छन् । जेष्ठ २० गतेपछि स्वतस्फूर्त रुपमा लकडाउन खुकुलो भएको छ । विभिन्न ठाउँमा आआफै पसल र व्यबसाय खोल्न थालीएको छ । उता सुर्खेतमा भने संगठीत रुपमै उद्योग वाणिज्य संघले व्यबसाय सुचारु गर्ने निर्णय गरेको छ । सरकारले लकडाउन मात्रै गरेको र उद्योगीका लागि राहतको कार्यक्रम नल्याएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले बुधबारबाट विहान १० देखि ३ बजेसम्म सबै पसल खोल्ने निर्णय गरेको छ । बन्दाबन्दीका कारण व्यबसाय धरासायी भएको र भाडा र व्याज तिर्न समेत नसकिने अबस्था आएको भन्दै ब्यापार ब्यवसाय खोल्न बाध्य भएको संघले विज्ञप्ति मार्फत जनाएको छ।