June 2nd, 2020

थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिए सँगै संक्रमितको संख्या २ हजार ९९ पुग्यो

 


बैंकिङ खबर । नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । संक्रमित मध्ये हालसम्म २ सय ६६ जना निको भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]