१५ लाख सम्मको कर्जा सुविधालाई साना तथा मझौला उद्योग मानिने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बढिमा १५ लाख सम्मको कर्जा सुविधा लिएका उद्योगलाई मात्रै साना तथा मझौला उद्योगको रुपमा परिभाषित गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधिको मस्यौदामा सो कुरा उल्लेख गरेको छ । १५ लाख सम्मको कर्जा सुविधालाई साना तथा मझौला उद्योग मानिने कार्यविधि मस्यौदामा उल्लेख छ ।

कार्यविधिमा लेखिएको छ :  
लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा : उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ ।