June 2nd, 2020

कृषि उपज ढुवानीमा अवरोध नगर्न सरकारको अनुरोध

बैंकिङ खबर । लकडाउनको समयमा कृषकका उत्पादनहरु सहज रुपमा ढुवानी र विक्री वितरण गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
मन्त्रालयले केही स्थानहरुमा अन्यत्र जिल्लाहरुमा उत्पादित वस्तुहरुको ढुवानी र बिक्रि वितरण गर्न नदिई नष्ट गरिएको घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
यस्ता कार्यहरूले कृषकहरूको उपज खेर जाने मात्र नभै कृषकहरूको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नु पर्ने अवस्था सिर्जना गराउँने जारी विज्ञप्तीमा उल्लेख छ । तसर्थ यस्ता कार्यहरू कहिँकतैबाट हुन नदिन र कृषकका उत्पादनहरू सहज रुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउनु हुन सम्बद्ध सबैलाई अनुरोध गरीएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]