Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

हाल बैंकिङ कारोबारमा उल्लेखित सेवाहरु निशुल्क छन् !

admin २०७७ जेष्ठ १९ गते
सेयर:

बैंकिङ खबर । हाल इन्टरनेट मोबाइल लगायत विभिन्न विधुतिय माध्यमबाट गरिने कारोवारमा कुनै पनि शुल्क लाग्दैन । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था प्रयोग गर्दा कुनै शुल्क लाग्दैन भने नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने सेवामा समेत शुल्क लाग्दैन । बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी फाइनान्सहरुमै यो सुविधा उपलव्ध छ ।

कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको थियो । डिजिटल कारोबार निःशुल्क हुँदा बैंकको काउन्टरमा हुने भिडभाड कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो । कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम नोट पनि हुन सक्ने भन्दै सम्भव भएसम्म नोट कारोवारको सट्टा कार्ड तथा विधुतिय कारोवारको माध्यम अपनाउन समेत आग्रह गरीएको छ । ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या आएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत सम्पर्क गरी समाधान गर्न सक्ने छन् ।

रकमान्तरको सिमा यस्तो छ

यसैगरी हाल नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएर दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएको छ । यसअघि दैनिक २५ हजार र प्रतिमहिना २ लाखको सिमा तोकिएको थियो । राष्ट्र बैंकले मोवाइल वालेट अन्तरगत एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफरको सीमा पनि बढाएको छ । यसअघिको प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको सिमा बढाएर प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने बनाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।