June 1st, 2020

विकास बैंकको संख्या घट्दै, देव: विकास बैंक – कुमारी बैंकमा छिट्टै गाभिने

बैंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंकको सूचिबाट अर्को विकास बैंकको नाम हट्ने भएको छ । देव: विकास बैंक अब औपचारिक रुपमै केहीदिनमा कुमारी बैंकमा गाभिँदै छ । कुमारी बैंक लिमिटेडको सोमबार बसेको विशेष साधारण सभाले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारीत गरेको छ । उक्त प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभा मार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०।८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायमहुने गरी स्वाप रेसियो स्वीकृत भएको छ । यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बनगरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो । अबको केही दिनमै कुमारी बैंकको नामबाट संयुक्त कारोबार हुने छ । विकास बैंकहरु मर्जर र गाभिँदै संख्यात्मक रुपमा घट्दै गएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]