June 1st, 2020

एसियाली विकास बैंकले नेपाललाई ३० अर्ब रुपैयाँ सहयोग गर्ने

बैंकिङ खबर । एसियाली विकास बैंकले नेपाललाई ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । एसियाली विकास बैंकले कोरोना भाइरस समस्यासँग लड्नका लागि उक्त सहयोग गर्ने भएको हो । सरकारले सोमबारनै अर्थमन्त्रालयले एडिविसँग सो रकमबारे सम्झौता गरेको छ । यसका लागि विश्व बैंक, युरोपेली इन्भेस्टमेन्ट बैंकले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]