June 1st, 2020

निजी क्षेत्रलाई असर नपर्नेगरी सरकारले ५ प्रतिशत आन्तरिक ऋण उठाउने

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको कर्जालाई प्रभाव नपर्नेगरी सरकारले आन्तरिक ऋण उठाउने बताएका छन् । उनले नीजि क्षेत्रलाई प्रभाव नपर्नेगरी ५ प्रतिशत आन्तरिक ऋण उठाइने बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले राजस्व धेरै उठ्न नसक्ने भएकाले चालु आवको बजेटमा १० प्रतिशत कम गरेको बताए । उनले प्रदेश र स्थानीय तहमा स्तरोन्नतिका लागि ३ अर्ब २० करोड प्रदेशको क्षमता विकासको लागि पठाएको बताउँदै संघले खर्च गर्न नसकेको बजेट स्थानीय र प्रदेश सरकारले खर्च गर्न पाउने भएकाले बजेट कार्यान्वयन हुने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]