June 1st, 2020

१५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोडको र १ वर्षको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ । यस ट्रेजरी बिल भोली मंगलबार जारी हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक यस बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]