June 1st, 2020

असार १ गतेदेखि वैकल्पिक विधिबाट अध्यापन

कोरोना माहामारीका कारण भएको लकडाउनले पढाइ अवरुद्ध भएका विद्यार्थीहरुलाई आगामी असार १ गतेदेखि वैकल्पिक विधिबाट पढ्न, पढाउन पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी असार १ गतेबाट यसलाई कार्यान्वयन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्बद्ध सबै निकायलाई आह्वान गर्नुभएको छ ।
त्यस्तै कोभिड १९ माहामारीको कारणबाट स्थगन भएका विधालय तहका परीक्षाहरुका सम्बन्धमा माहामारीको फैलावट समेतलाई ध्यानमा राखी निकट भविष्यमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको र उच्च शिक्षाको पठनपाठन र परीक्षाको सम्बन्धमा विश्वबिधालय अनुदान आयोगको अध्यक्षको नेतृत्वमा एक कार्यदलले काम गरीरहेको जानकारी गराइएको छ । शैक्षिक संस्था पुन सञ्चालन सम्बन्धमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मात्र शैक्षिक संस्था पुन सञ्चालन हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]