July 18th, 2016

हेर्नुस्, कहिले आउँदैछ सुर्या लाइफको साढे १२ लाख कित्ता हकप्रद ? 

suryaसूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयर साउन २० गते निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि चार बराबर एक कित्ताका दरले १ सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । भदौ २० गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।   

हाल यो कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

लगानीकर्ताले सूर्या लाइफ इन्स्योरेन्सका शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा आवेदन फर्म बुझाउन पाउँछन् ।