May 30th, 2020

५ प्रतिशत व्याजदरमा कसकसले पाउँछन् कर्जा ?

 बैंकिङ खबर । सरकारले नयाँ बजेट मार्फत कोरोना प्रभावित उद्यमीलाई पाँच प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणामा सो को घोषणा गरेका छन् । बजेटका अधिकाँस कार्यक्रमहरु राम्रा मात्रै होइन अति राम्रा छन् । तर मुख्य प्रश्न घोषणा गरिएका कार्यक्रमहरुको कार्यान्वयन गर्न सक्छ त सरकारले रु मुलुक पुरै कोरोना सन्त्रासमा रुमल्लीएको छ । कोरोना प्रभावित व्यबसाय अधिकाँस व्यबसाय छन् ।

कोरोना प्रभावित को हो ?

नीजि क्षेत्रका विभिन्न संघसंस्थाले पटक पटक उठाएको आवाज यही हो कि सस्तो व्याजदरमा कर्जा आबश्यक पर्ने भो । वित्तीय क्षेत्रमा पाँच प्रतिशत व्याजलाई अति सस्तो व्याजको रुपमा लिइन्छ । अब प्रस्न उठ्छ पाँच प्रतिशत व्याजमा कर्जा कसलाई दिने हो ? यसको मापदण्ड के हो ? साथै सरकारले घरेलु उद्योग, मझौला उद्योग तथा लघुउद्यमशीलतालाई पनि पुनरकर्जाबाट सस्तो व्याजमा कर्जा दिने भनेको छ । सरकारको परिभाषामा ५ प्रतिशत व्याजमा कर्जा पाउने क्षेत्रहरु उल्लेखित रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]