बैंकिङ खबर । सरकारले हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था गरेको छ । नयाँ बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा सार्वजनिक गरेका हुन् । त्यसैगरी २ प्रतिशत व्याजमा नव प्रवर्दन कोषको स्थापना गरिएको छ । जसमा कोषमा ५० करोड रकम विनियोजन गरिएको छ । विभिन्न सिपहरु सिकाएर ५० हजार ससाना व्यबसायी उत्पादन गरिने भएको छ । जसमा १ अर्ब बजेट विनियोजन गरिएको छ । लघुवित्तको माध्यमबाट १ लाख २७ हजारलाई रोजगारी बनाइने योजना पनि सरकारले अघि सारेको छ ।
मुख्य
प्रत्येक शाखाबाट बाणिज्य बैंकले १० र विकास बैंकले ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने
२०७७ जेष्ठ १५ गते