Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्धारा डा. हरिहर देव पन्तको स्मृतीमा उत्कृष्ट छात्र, छात्रालाई छात्रवृत्ति वितरण

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बाजुरा मार्तडी शाखाले एक कार्यक्रमका बिच बुढिगगा न पा वडा न (१ स्थित धुरालसइन कुडि महिला समुहकी सदस्य सुर्जा परिको छोरा लाल परि र नवदुर्गा धुराल साईन महिला समूह सदस्य लक्ष्मी देवि उपाध्याय कि छोरी दिव्यश्वरी उपाध्यायलाइ छात्रवृत्ति रकम बितरण गरेको छ। दुबै छात्रा छात्रले २०७६ सालको प्रबिणता परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तिण भएका थिए।

सस्थापक अध्यक्ष स्वर्गीय डा. हरिहर देव पन्तको स्मृती अन्तर्गत दिइने पुस्कार प्रत्येक बर्ष देशमा रहेका आफ्ना सम्पुर्ण शाखा कार्यालयमा आबद्द हुने समूह सदस्य का छोरा छोरी मध्यबाट उत्कृष्ट नतिजा लिएर प्रबिणता उत्तिण गरेको एक छात्र र एक छात्रा लाई बितरण गरिन्छ।
छात्रवृत्ति कार्यक्रममा वडा न १ का वडा अध्यक्ष राजेश कुमार सिह र शाखा कार्यालय मार्तडिका शाखा प्रमुख हरिबोल भट्टराईले सयुत्त रुपमा रु ६ हजार नगद र प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिंहले आगामी दिनमा समेत संस्थाले यसैगरी कार्य गर्दै जेहेन्दार बिद्यार्थी लाई उत्प्रेरित गराउदै लानुपर्ने यसले समग्र बित्तिय सस्थाको राम्रो छाप पर्ने बताए। शाखा प्रमुख हरिबोल भट्टराईले आफ्ना कुरा राख्दै निर्धन उत्थान बैक सधै भरी सदस्य कै साथ मा रहिरहने र आगामी दिनहरु मा समेत यसैगरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यत्त गरे। कार्यक्रमको सहजीकरण कमल बहादुर बडुबाल र दल वहादुर राबलले गरेका थिए भने कार्यक्रममा समुहका सदस्यहरु सामाजिक दुरि कायम गरि उपस्थिति भएका थिए।

Ad