May 26th, 2020

केही सहकारीले किस्ता माग्न थाले, नियामक मौन हुँदा सहकारी सदस्य अन्योलमा

 
बैंकिङ खबर । नेपालमा हाल ३५ हजारको हाराहारीमा सहकारी संस्थामा करिव ६५ लाख सर्वसाधारणको संलग्नता रहेको बताइएको छ । कोरोना भाइरसको कारण अन्य क्षेत्र जस्तै सहकारी पनि थलीएको छ । हाल कोरोनाका कारण बचत गर्न आउने भन्दा कर्जाको माग, आफ्नो बचत निकाल्नेको संख्या बढ्दो छ । त्यस्तै सहकारी क्षेत्रका ऋणीहरुलाई किस्ता र व्याज तिर्न धौ धौ परीरहेको छ ।
राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले विभिन्न छुट तथा सहुलियत पाएका छन् भने सहकारी संस्था यसबाट पूर्णतया बन्चित छन् ।
यसरी सहकारी संस्थाबाट ऋण लिएका ऋणीहरु जस्तो अवस्थामा भएपनि ऋणको किस्ता तिर्नुपर्ने बाध्यता छ । हाल तिर्न नसक्ने ऋणीहरुलाई कतिपय सहकारीले जरिवानाको धम्की दिँदै दबाब सिर्जना गरिरहेका छन् । यसर्थ यस्तो अवस्थामा सहकारीका ऋणीहरुलाई पनि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले छुट तथा सहुलियत प्याकेज ल्याउन ठोस कदम चाल्नुपर्ने आवश्यक्ता छ ।
सहकारी क्षेत्रको नियमनकारी निकाय सहकारी विभागले यसबारे ठोस निर्णय गरीसकेको छैन । सहकारी आफैमा पनि समस्यामा छन् । तथापी बन्दाबन्दीको अबस्थामा सहकारीले किस्ता माग्नु जायज देखिँदैन । ६५ लाख सदस्य संख्या रहेको सहकारी क्षेत्रमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]