Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यबसायी डीपी अर्यालका मननयोग्य १५ बुँदे सुझाव – यसो गरे कसो होला ?

२०७७ जेष्ठ १३ गते
 
बैंकिङ खबर । कोरोना महामारीले सिंगो सन्सार आक्रान्त छ । कतिपय मुलुकहरुले राम्रो व्यबस्थापन गर्न सकेका छन् भने कतिपय मुलुकहरुले लकडाउन मात्रै गरिरहेका छन् । नेपालमा लकडाउन सुरु भएको दुइमहिना पुरा भयो । यो अबस्थामा आर्थिक क्षेत्र, स्वास्थ्य क्षेत्र तथा कोरोना संक्रमितको अबस्था र विशेषगरी क्वारेन्टाइनको अबस्थामाथि प्रश्न उठेको छ । यसैबीच एक पर्यटन व्यबसायी डीपी अर्यालले सरकारसामु केही महत्वपूर्ण सुझाव अघि सारेका छन् ।
 
१) देशभरका होटल, स्कुलहरुलाई क्वारेन्टाईन बनाउ ।
२) बिभिन्न नाकामा र बिदेशमा अलपत्र नागरिकलाई अबिलम्ब देशमा फिर्ता ल्याउ ।
३) स्वास्थकर्मिहरुलाई,एम्बुलेन्स चालक सहित अन्य ब्यक्तिहरु आबस्यक भएका सबै लाई जतिसक्दो छिटो होटल मा बस्ने ब्यबस्था मिलाउ ।
४) देशभरका जनप्रतीनिधिहरुलाई के गर्ने ? के नगर्ने ? भन्ने बारे तुरुन्त अन-लाईन अफ-लाईन कसरी सकिन्छ ट्रेनिङ देउ ।
५) देशका बिभिन्न ठाउँहरु बाट आ-आफ्नै तरिका बाट नियम कानुन बनाउने काम नहोस आफ्नो अधिकार क्षेत्र क्रस गर्नबाट रोक
६) स्वास्थक्षेत्रमा कार्यरत सबै लाई सार्कमा खेलाडी लाई जस्तै पछी होईन अग्रीम पुरस्कृत गर्ने नयाँ कार्यक्रम ल्याउ ।
७) स्वास्थ्यकर्मी साथै कोरोना बिरुद्द अघिल्लो पङ्तिमा खट्ने सबै लाई प्रोत्साहित कार्यक्रम ल्याउ ।
८) सरकार भोगेर चेत्ने होईन देखेर चेतौ यसपटक ।
९) बिज्ञहरुको आवाज सुन्ने बानी बसालौ बिज्ञको ट्याग त्यतिकै लगाएको होईन यसको अर्थ छ सरकार
१०) ब्राजिलको राजधानिको स्वास्थ्यक्षेत्र नै कोल्याप्स हुने अवोस्था मा पुगी सकेको छ । हाम्रोजस्तो सेवा भन्दापनी कमाइधन्दा को लागी खोलियका अस्पताल हरुलाई छिटो भन्दा छिटो सरकारको नियन्त्रणमा लिउ ।
११) लकडाउन नै अन्तिम बिकल्प नसोच सरकार । टेस्ट बडाउ । कोरोना कोष मा राख्नेहोइन उठाएको रकम लाई मृत्यु पछी राहत होईन तुरुन्त आबस्यकता को क्षेत्रमा प्रयोग गर ।
१२) क्वारेन्टाईन मा समेत खाना, पानी, टोइलेट को अवस्था कस्तो छ ? सरकार अध्ययन गर ।
१३) अझै समय छ गर सरकार गर ।
१४) तहस नहस भएको अर्थतन्त्र, बेरोजगारि, भोकमारी को बारेमा अध्ययन र समाधानको लागी बिज्ञहरुको समिती बनाएर काम अगाडी बडाउ, प्राइभेट क्षेत्र लाई सामेल गराउ ।
१५) कोरोना को भन्दा लकडाउन को कारण लाखौ नागरिकको मृत्यु नहोस यस्को समेत समयमै बिकल्प हरु खोज ।
Ad