May 25th, 2020

महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गराइएको छ ।
कोरोना भाइरस (COVID-19) को विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको वर्तमान अवस्थामा कोरोनाबाट मृत्यू भए पश्चात यो महामारिले हामी सबै आक्रान्त हुदैछौँ । सरकारले तोकेको अत्यावसक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ। यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा/उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना देशभरीका ६० शाखा/उपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको हो। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट गरिएको कोरोना बीमाको विमाङ्क रकम प्रति कर्मचारी १(एक) लाखको रहेको संस्थाले जानकारी गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]