May 22nd, 2020

अधिकाँस बैंकहरु पनि बन्द हुन सक्छन् – विनोद चौधरी

बैंकिङ खबर । नेपालका अर्बपति धनाढ्य एवं उद्योगी विनोद चौधरीले बैंकहरु नै बन्द हुन सक्ने आँकलन गरेका छन् । उनले हरेक क्षेत्रको आर्थिक प्रभाव बैंकमा पर्ने उल्लेख गर्दै सरकारले राहत योजना ल्याउन नसके नेपालका अधिकाँस बैंकहरु बन्द हुनसक्ने बताए । उनले ८० प्रतिशत बैंक बन्द हुन सक्ने अबस्था निम्तिन सक्ने उल्लेख गरे । सरकार र नियमनकारी निकाय गम्भीर हुनुपर्ने भन्दै उनले बर्तमान कोरोना महामारीको अबस्था सामान्य नभएको बताए । नेपाल उद्योग परिसंघको वेबिनारमा बोल्दै उनले कोरोनाको महामारीले वित्तीय क्षेत्रमा ठुलो धक्का लाग्ने बताए । देशको अर्थतन्त्रलाई जोगाउन राज्यले गतिलो योजना बनाएर नीजि क्षेत्रसँग साझेदार गर्नुपर्ने उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]