May 20th, 2020

बीमालेख धितो राखी कर्जा लिनेलाई ब्याजमा १५ प्रतिशत छुटको व्यवस्था

बैंकिङ खबर । बीमा कम्पनीबाट आफ्नो बीमा लेख धितो राखी कर्जा लिने बीमितले लकडाउन अवधिभरका लागि आफूले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन्। बीमा समितिले निर्देशन जारी गर्दै बीमा कम्पनीबाट आफ्नो बीमा लेख धितो राखी कर्जा लिने बीमितले लकडाउन अवधिभरका लागि आफूले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट पाउने व्यवस्था गर्न निर्देशन दिएको हो। यसका लागि बीमितले लकडाउन समाप्त भएको एक महिनाभित्रमा ब्याज भुक्तानी गर्नुपर्ने जनाइएको छ।
बीमा समितिले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको अवस्थामो सम्पुर्ण बीमा कम्पनीहरुलाई ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही अनलाइन बिक्री गर्ने कार्यबिधि तयार गरी बीमा लेख जारी गर्न निर्देशन दिएको छ ।
समितिको निर्देशनको अधिनमा रही लकडाउन अवधिभर बीमकले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भर्चुअल रुपमा गर्न सकिने र सो को प्रतिवेदन समितिमा पेश गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै, बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृति दिन सक्ने समेत जनाएको छ ।

यस लकडाउन अवधिभरमा सबै क्षेत्र प्रभावित भएको भन्दै बीमा समितिले सबैमा सहुलियतको नीतिगत व्यवस्था गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]