May 18th, 2020

जीवन बीमा कम्पनीले कोरोना बीमा बेच्न नपाइने

बैंकिङ खबर । जीवन बीमा कम्पनीले कोरोना बीमा बिक्री गर्न थालेपछि बीमा समितिको यसमा विशेष ध्यानाकर्षण भएको छ । कोरोनाको बीमा गर्न निर्जीवन बीमा कम्पनीलाई मात्रै स्वीकृति दिएको समितिले जनाएको छ। यसमा कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा कम्पनीले समेत निःशुल्क कोरोना बीमा गर्ने विज्ञापन गरेकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ। जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले बीमा गर्ने गरेको तथा बीमा पोलिसीसँग जोडेर कोरोना भ्रामक प्रचारप्रसार गरिएको भन्दै बीमा समितिले ती संस्थाहरुलाई त्यसो नगर्न निर्देशन दिएको हो । अब उप्रान्त निर्जीवन बीमा व्यावसाय गर्ने बीमा कम्पनीबाहेक अन्य संस्थाहरुले कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय तथा विज्ञापन नगर्न, नगराउन बीमा ऐन २०४९ बमोजिम सूचना जारी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]