बैंकिङ खबर । एकतिहाई कर्मचारीबाट बैंकिङ क्षेत्र सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएसँगै बैंकहरु कर्मचारी कटौतीको तयारीमा लागेका छन् । कसरी कति कर्मचारी हटाउने भन्नेबारे निर्णय भने भइसकेको छैन । बैंक वित्तका सबैजसो शाखा संचालनमा आउँदा कर्मचारी भने एकतिहाई मात्रै परिचालन हुने छन् । यसो हुँदा बैंकवित्तले कर्मचारीलाई परिचालन नगरी नै सेवा सुविधा दिनुपर्ने अबस्था देखिएको छ । कोरोना सक्रमणको सावधानीका लागि पनि बैंक वित्तले पुरा कर्मचारी परिचालन लामै समयसम्म गर्न नसक्ने अबस्था छ । त्यससँगै अधिकाँस कामहरु डिजिटलाइजेशन भएका छन् । यसले गर्दा पनि बैंकवित्तहरु कर्मचारी कटोटी गर्नेबारे छलफल सुरु गर्न थालेका छन् । एक बैंकरका अनुसार डिजिटलाइजेसन र आर्थिक मन्दीका कारण करिव ५० प्रतिशत बैंकमा कार्यरत कर्मचारी परिचालन आबश्यक देखिएको छैन । कर्मचारी कटौटी कुन आधारबाट कति गर्ने भन्नेबारे बैंकहरु पर्ख र हेर को अबस्थामा छन् । बैंकहरु करारमा नियुक्ति भएका तथा बाहीरी आउटसोर्सबाट लइएका कर्मचारी मात्रै कटौती गर्ने कि अन्य कर्मचारी पनि कटौती गर्ने भन्ने निश्कर्षमा पुगीसकेका छैनन् । तर यस अघि नै बैंकहरुले आउटसोर्सबाट राखिएका र करारमा ल्याइएका कर्मचारी हटाउने निर्णय गरिसकेका छन् ।
एकतिहाई कर्मचारीबाट कामकार्बाही
बैंकवित्तहरुले पूर्ण रुपमा सबै शाखाबाट सेवा सूचारु गरीरहँदा सेवाग्राहीका बारे भने सरकारी निकाय मौन देखिएको छ । सेवाग्राहीलाई निर्वादपूर्ण बैंक शाखासम्म पुग्ने अबस्था छैन । बैंकमा कर्जा र व्यवसायीक प्रयोजनबाट सेवाग्राहीहरु जाने आबश्यक्तता कम छ । व्यापार व्यबसाय र उद्योगहरु ठप्प छन् । तथापी केही निर्धारीत क्षेत्रहरु सुचारु गर्ने निर्णय भएसँगै लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट सुरु भएको यो अभ्यास आइतबार थप बृद्धि हुने छ । असार महिना अघि बैंकमा सेवा ग्राहीको संख्या खासै देखिने छैन । मासिक किस्ता, व्याज भुक्तानी र सुाँबा भुक्तानीको समय असार मसान्तसम्म सारीएको छ । तथापी अबस्था के हुने भन्नेबारे यकिन गर्ने आधारहरु खासै देखिँदैन ।
प्राय बैंकका सबै शाखा कार्यालयहरु खुला छन् । सरकारले लकडाउनकै बिच पनि उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले सबै शाखा कार्याल्य खोलेर सेवा दिएका छन् । मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
समस्या भने उस्तै
कोरोना संक्रमितको संख्या बढेसँगै बैंकहरुका समस्या ज्यूका त्यू छन् । सावधानी, उच्च सतर्कता, माक्स र सेनीटाइजरमा खर्च तथा आवतजावतको समस्या बैंकका लागि बारबार समस्या बनेका छन् । त्यसमाथि सेवाग्राही अति कम छन् । जेष्ठ १ गतेबाट सरकारले थप कडाई गरेको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेक गरेर मानिसलाई फर्काउने गरेको छ । यस्तो बेला सन्त्रासका बाबजुत बैंक पुग्नेहरुको संख्या धेरै हुने छैन । अहिले लोनको काम भएको छैन । पुँजी परिचालनका कामहरु ठप्प प्राय छन् । कर्जा, साँवा र किस्ता भुक्तानीको म्याद असार मसान्तसम्म सारिएको छ । बैंक खुल्ने तर बैंकसम्म जान नपाउने अबस्था भने ज्यूका त्यू छ । हिडडुलमा कडाई गरिँदा खुलेका निकायले दिने सेवा कत्तिको प्रभावकारी हुन सक्लान् ?